मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:२७ Sunday, November २२, २०२६

कैलालीमा एसईई नतिजा: घोडाघोडी उत्कृष्ट, जनज्योति सामुदायिकतर्फ जिल्लामै अब्बल

शेयर२२.२K०

कैलालीमा एसईई २०८२ को नतिजामा घोडाघोडी नगरपालिका जिल्लामै उत्कृष्ट बनेको छ। जिल्लाका १३ स्थानीय तहमध्ये ७५.९३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै घोडाघोडी उत्कृष्ट भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ६९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको धनगढी उपमहानगरपालिका दोस्रो स्थानमा रहेको छ।

शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका प्रमुख जीवन न्यौपानेका अनुसार घोडाघोडी नगरपालिकाले यस वर्ष उल्लेख्य सुधार गर्दै जिल्लामै उत्कृष्ट नतिजा हासिल गरेको हो।

जिल्लामा यस वर्ष चार जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्। माउन्ट सैपाल इङ्लिस बोर्डिङ स्कुल टिकापुर, डिस्कभरी इङ्लिस बोर्डिङ स्कुल मनेहरा, फारवेस्ट माध्यमिक विद्यालय धनगढी र एभरेस्ट विद्या निकेतन माध्यमिक विद्यालय धनगढी का एक–एक विद्यार्थीले ४ जीपीए हासिल गरेका हुन्।

सामुदायिक विद्यालयतर्फ भने घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा रहेको जनज्योति माध्यमिक विद्यालयले ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै जिल्लामै उत्कृष्ट नतिजा ल्याएको छ। विद्यालयले गत वर्षको एसईई २०८१ मा पनि घोडाघोडी नगरपालिकाभित्र उत्कृष्ट नतिजा ल्याएको थियो।

यद्यपि केही विद्यालयमा दुई वा तीन जना विद्यार्थी मात्रै सहभागी भएर शतप्रतिशत नतिजा आएको भए पनि त्यसलाई वास्तविक प्रतिस्पर्धात्मक उपलब्धि मान्न नसकिने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख न्यौपानेले बताएका छन्। उनका अनुसार तराई क्षेत्रका विद्यालयमा कम्तीमा ४५ देखि ५० जना विद्यार्थी एक कक्षा कोठामा सहभागी हुनुपर्ने अवस्था रहने भएकाले धेरै विद्यार्थी सहभागी गराएर राम्रो नतिजा ल्याउनु नै ठूलो उपलब्धि हुने बताए।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२२.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।