मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:१४ Sunday, November २२, २०२६

कञ्चनपुरको शुक्लाफाँटामा बाघको आक्रमणपछि मोटरसाइकल दुर्घटना, ४ जना घाइते

शेयर४.६K०

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ क्याम्प चेकपोष्टस्थित दैजी–बेलडाँडी सडकखण्डमा बाघको आक्रमणपछि मोटरसाइकल दुर्घटना हुँदा एक बालिकासहित ४ जना घाइते भएका छन् ।

बुधबार राति सवा ८ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सुपप्र।०१–००९ प ७६३० नम्बरको मोटरसाइकललाई अचानक बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

बेलौरी नगरपालिका–९ रतनपुरका बिरेन्द्र ठगुन्नाले चलाएको मोटरसाइकल अनियन्त्रित भएर सडकमा पल्टिँदा चालक ठगुन्नाको दाहिने खुट्टा, दुवै हात तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार उनकी श्रीमती कल्पना ठगुन्नाको टाउको, अनुहार र दुवै खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ ।

यस्तै, २ वर्ष ६ महिनाका छोरा रियान्स ठगुन्नाको टाउको र अनुहारमा चोट लागेको छ । साथै, मोटरसाइकलमै सवार भान्जी भीमदत्त नगरपालिका–१५ खैरिबस्तीकी १४ वर्षीया आरुसी साहुको टाउको, अनुहार र हातमा चोट लागेको तथा उनी अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

घाइते चारै जनालाई महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल रिफर गरिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर४.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।