मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:१२ Monday, November २३, २०२६

सुदूरपश्चिमका ५ सांसद म संग छन् , तत्काल सरकार फेरबदलमा लाग्दैनौ: रेशम चौधरी

शेयर५K०

नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरी ले सुदूरपश्चिम प्रदेशका ५ सांसद आफूहरूको पक्षमा रहेको दाबी गरेका छन्।

कैलालीको धनगढीमा पत्रकारहरूसँगको भेटघाटमा उनले तीमध्ये २ सांसदले पद गए पनि साथ नछोड्ने बताइसकेको उल्लेख गरे।

साबिक नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट प्रदेशसभामा ७ सांसद रहेका छन्। नेकपासँग एकता भएपछि उनीहरूलाई नेकपाकै सांसदको सूचीमा राखिएको छ। तर, रेशम चौधरीले ७ मध्ये ५ सांसद अहिले पनि एकताको विपक्षमा रहेको र आफूहरूसँगै रहेको दाबी गरे। उनले लुम्बिनी प्रदेशका ३ र मधेश प्रदेशका १ सांसद पनि आफूहरूको पक्षमा रहेको बताए।

‘सुदूरपश्चिममा ५, लुम्बिनीमा ३ र मधेश प्रदेशमा १ सांसद हामीसँगै हुनुहुन्छ। अधिकांश स्थानीय तहका जनप्रतिनिधि पनि साथमै हुनुहुन्छ,’ उनले भने, ‘सुदूरपश्चिमका ५ मध्ये २ सांसदले त पद नै गए पनि साथ नछोड्ने बताउनुभएको छ। ’

पूर्वमन्त्री रामेश्वर चौधरी, घनश्याम चौधरी, लक्ष्मणकिशोर चौधरी, इन्दिरा गिरी र टिक थापा को नाम उल्लेख गर्दै उनले उनीहरू आफूहरूसँग रहेको दाबी गरे।

तर, पूर्वमन्त्री खुशीराम चौधरी र कैलाश चौधरी बारे भने उनले कुनै दाबी गरेनन्। सुदूरपश्चिम प्रदेश सरकार परिवर्तनको विषयमा पनि रेशम चौधरीले केही बेरअघि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संवाद भएको बताए।

‘प्रचण्ड जीले फोन गर्नुभएको थियो। हामी सुदूरपश्चिममा ५ जना छौँ, हामीले केही गर्न सक्दैनौँ भनेको छु ’ उनले भने, ‘सुदूरपश्चिम प्रदेशमा अहिलेको अवस्थामा सरकार नचलाएकै राम्रो हुन्छ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दिल्ली जाने विषयले पनि पार्टीभित्र देखिएको समस्यालाई उजागर गरेको टिप्पणी गरे।

‘सभापति दिल्ली जाने कुरा छ। धरातलमा हलचल देखिएको छ। प्रधानमन्त्री सदनमा नजाने, राष्ट्रपतिको सम्बोधनमा पनि उपस्थित नहुने कुरा गम्भीर हो, ’ उनले भने।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।