मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:५४ Sunday, November २२, २०२६

कैलालीको बनदेवी मन्दिरमा पिकनिक विवादः प्रहरीमाथि हातपात, तीन जना पक्राउ

शेयर५३.८K०

कैलालीको कैलारी गाउँपालिका–१ स्थित बनदेवी मन्दिर क्षेत्रमा पिकनिक खान आएका एक समूहबीच भएको झडपमा प्रहरीमाथि समेत हातपात भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी  नायव उपरीक्षक (डीएसपी) योगेन्द्र  तिमिल्सिनाका अनुसार आइतबार दिउँसो करिब ४:१५ बजे पिकनिकमा आएका व्यक्तिहरूबीच झै–झगडा भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीको प्रारम्भिक सम्झाइ–बुझाइका क्रममा झडपमा संलग्न व्यक्तिहरूले प्रहरीमाथि समेत हातपात गरेका थिए।

घटनामा वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) साउनसिंह क्षेत्री भाट, प्रहरी हवल्दार भवान सिंह बुडाल र प्रहरी सहायक हवल्दार शैलेन्द्र बोहरा घाइते भएका छन्। घाइतेमध्ये शैलेन्द्र बोहराको टाउको, हात र खुट्टामा चोट लागेको र धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

झडपमा संलग्न अन्य तीन जना सर्वसाधारण पनि घाइते भएका छन्। कैलारी गाउँपालिका–१ निवासी गोकर्ण बोहराको हात र खुट्टाको शल्यक्रिया गरिएको छ भने अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।

घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरीक्षक सुनिल विक्रम शाहको नेतृत्वमा १२ सदस्यीय थप प्रहरी टोली खटिएको थियो। उक्त टोलीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखड ल्याएको  डिएसपी तिमिल्सिनाले जानकारी दिए।।

घटनामा संलग्न रहेको आरोपमा घोडाघोडी नगरपालिका–११ का २० वर्षीय स्वरुप कठरिया, २३ वर्षीय दिलिप कठरिया र २१ वर्षीय अरमान कठरिया पक्राउ परेका छन्। स्वरुप कठरियाले प्रयोग गरेको ना ३ त १४२७ नम्बरको ट्याक्टर समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर५३.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।