मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:२९ Sunday, November २२, २०२६

बाजुरामा ढुंगा प्रहार गरी युवकको हत्या, एक जना पक्राउ

बुढीनन्दा नगरपालिका–६, कोटिला निवासी ३२ वर्षीय निर रावतको बुधबार राति हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

शेयर६.४K०

बाजुरामा एक युवकको हत्या गरिएको छ । बुढीनन्दा नगरपालिका–६, कोटिला निवासी ३२ वर्षीय निर रावतको बुधबार राति हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

आपसी विवादका क्रममा १९ वर्षीय टेकेन्द्र रावतले ढुंगा प्रहार गरी निर रावतको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराले जानकारी दिइन्। उनलाई इलाका प्रहरी कार्यालय बुढीनन्दाको टोलीले राति नै पक्राउ गरेको हो।

प्रहरीका अनुसार मृतक र आरोपी नातेदार हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर६.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।