मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:३४ Monday, November २३, २०२६

विश्व वातावरण दिवसमा घोडाघोडी जेसिजद्वारा वृक्षारोपण

शेयर१३.१K०

कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा ५४औँ विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

घोडाघोडी जेसिजको आयोजनामा पहलमानपुरस्थित कान्तिराज्यलक्ष्मी माध्यमिक विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो।

‘समृद्धि भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा विद्यालय परिसरमा फलफूल तथा छायाँ दिने विभिन्न प्रजातिका बिरुवा रोपिएको घोडाघोडी जेसिजका महासचिव वीरेन्द्र शाह ले जानकारी दिए।

वातावरणीय सन्तुलन कायम राख्ने, हरियाली प्रवर्द्धन गर्ने तथा वातावरण संरक्षणप्रति विद्यार्थी र समुदायलाई सचेत बनाउने उद्देश्यले वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको घोडाघोडी जेसिजले जनाएको छ।

कार्यक्रममा घोडाघोडी जेसिज वर्ष २०२६ का पदाधिकारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीयको सहभागिता रहेको थियो।

विश्वव्यापी रूपमा वातावरण संरक्षणप्रति राजनीतिक, सामाजिक तथा जनस्तरमा जागरण ल्याउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइँदै आएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१३.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।