मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:३८ Monday, November २३, २०२६

शुल्क उठ्यो, फोहर उठेन : महिनौंदेखि नगरवासी दुर्गन्धमा

नगरपालिकाले प्रतिघरधुरी तथा व्यवसायीहरूबाट मासिक १५० देखि ४००_५००- १०००-१२००-५००० सम्म ठेकेदार मार्फत शुल्क असुल्दै आए पनि महिनौंदेखि फोहर संकलन तथा व्यवस्थापन रोकिँदा स्थानीय आक्रोशित छन्।

शेयर२३.७K०

कैलालीको घोडाघोडी नगरपालिकाको लापरबाहीका कारण नगर क्षेत्र नै फोहोरको थुप्रोमा परिणत भएको छ । एक महिनादेखि फोहोर संकलन ठप्प हुँदा व्यापारिक केन्द्र सुखड बजार दुर्गन्धित बनेको छ भने स्थानीयवासी रोगको त्रासमा बस्न बाध्य भएका छन् । नगरपालिकाले समयमै व्यवस्थापन गर्न नसक्दा सडक, चोक र खाली ठाउँहरू फोहोर फाल्ने डम्पिङ स्थलमा परिणत भएका छन ।

कैलालीको घोडाघोडी नगरपालिकाको बजार क्षेत्र झण्डै एक महिनादेखि प्रदुषित छ । नगरको फोहोर एक महिनादेखि नउठाइँदा प्रदुषित भएको हो । अहिले सडक किनार, चोक, खाली जग्गा र बजार क्षेत्रका विभिन्न स्थानमा जथाभावी फोहर देख्न सकिन्छ । फोहरले नगर दुर्गन्धित बनेपछि स्थानीयलाई हैरानी बनाएको छ ।

नगरपालिकाले प्रतिघरधुरी तथा व्यवसायीहरूबाट मासिक १५० देखि ४००_५००- १०००-१२००-५००० सम्म ठेकेदार मार्फत शुल्क असुल्दै आए पनि महिनौंदेखि फोहर संकलन तथा व्यवस्थापन रोकिँदा स्थानीय आक्रोशित छन्।

विशेषगरी घोडाघोडी सिमसार क्षेत्र नजिक बागेश्वरी सामुदायिक बनमा फोहोर थुपार्ने कार्यको स्थानीयले विरोध गर्दै आएका थिए । नगरपालिकाले यसअघि सोही सामुदायिक बनमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर फोहोर उठाउने ठेकेदारसँगको सम्झौता अवधि सकिएपछि फोहोर संकलन नै बन्द भएको छ । जसले गर्दा बस्नै नसकिने गरि दुर्गन्ध फैलिएको छ । महिनौदेखि नगरभित्रका फोहर नउडाइएपछि यहाँको स्वास्थ्यमा समेत गम्भीर जोखिम बढाएको छ ।

नगरका फोहर मात्र होइन, सडक किनारमा मरेका गाईवस्तुसमेत उठाएको छैन । फोहोर व्यवस्थापनमा देखिएको नगरपालिकाको कमजोरीप्रति स्थानीयको असन्तुष्टि बढ्दो रहेको छ । नगर दुर्गन्धित हुँदै गएपछि तत्काल फोहोर हटाउन र दीर्घकालीन समाधान खोज्न उद्योग वाणिज्य संघ सुखडका पदाधिकारीहरूले नगरपालिकासँग समन्वय गरिरहेको बताएका छन् ।

फोहोर व्यवस्थापन अहिले जनप्रतिनिधिका लागि पनि टाउको दुखाइको विषय बनेको छ । वातावरणीय असर र स्थानीयको विरोधका कारण घोडाघोडी सिमसार क्षेत्र नजिक रहेको बागेश्वरी सामुदायिक वन क्षेत्रमा फोहोर व्यवस्थापनमा रोक लगाइएपछि फोहर संकलन हुन छाडेको हो ।

स्थायी डम्पिङ साइट निर्माण गर्ने योजना भए पनि उपयुक्त जग्गा अभावका कारण दीर्घकालीन समाधान अझै हुन सकेको छैन । नगरपालिकाले अहिले पनि डम्पिङ साइटका लागि जग्गा खोजी गरिरहेको जनाएको छ । फोहोर संकलन गर्ने ठेकदारसँगको सम्झौता सकिएकाले नयाँ नयाँ व्यवस्थापन प्रक्रियामा अगाडि बढाइएको नगरपालिकाको भनाई छ ।

फोहोर व्यवस्थापन जस्तो आधारभूत जिम्मेवारीसमेत पूरा गर्न नसक्दा नगरपालिकाको कार्यक्षमतामाथि स्थानीयहरुले प्रश्न उठाएका छन् । एक महिनादेखि फोहोरको दुर्गन्ध सहन बाध्य स्थानीय तत्काल समाधानको प्रतीक्षामा छन् । तर नगरपालिकाको ढिलासुस्तीले समस्या जटिल बन्दै गएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२३.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।