कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित त्रिवेणी घाट नजिक मोहना नदी किनारमा एक पुरुषको शव फेला परेको छ।
आइतबार साँझ करिब ६ः४० बजेतिर नदी किनारमा शव रहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार फेला परेको शव पुरुषको रहेको र सडिगलेको अवस्थाका कारण पहिचान खुल्न सकेको छैन। घटनास्थलमा प्रहरी उपरीक्षक नरेन्द्र चन्दको नेतृत्वमा अपराध अनुसन्धान (SOCO) टोलीसहित प्रहरी पुगेको थियो।
शवको प्रकृति तथा पहिचान सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले मृतकको सनाखत तथा घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।