मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:०६ Monday, November २३, २०२६

रास्वपा कैलाली अधिवेशनमा विवाद : सभापतिका दुई उम्मेदवारद्वारा निर्वाचन प्रक्रिया बहिष्कार

शेयर२८K०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको प्रथम जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ। सभापति पदका दुई उम्मेदवारले मतदाता नामावली र निर्वाचन समितिमाथि प्रश्न उठाउँदै निर्वाचन प्रक्रिया बहिष्कार गरेका छन्।

शनिबार धनगढीस्थित ओम प्यालेसमा जारी अधिवेशनका क्रममा सभापति पदका उम्मेदवार हरी रेग्मी र महेश चौधरीले मतदाता नामावलीमा धाँधली भएको तथा निर्वाचन समिति वैधानिक प्रक्रिया अनुसार गठन नगरिएको आरोप लगाउँदै निर्वाचन प्रक्रिया बहिष्कार गरेका हुन्। सभापति पदका लागि रेग्मी र चौधरीसँगै कविन्द्र ठकुल्ला पनि प्रतिस्पर्धामा रहेका छन्।

बहिष्कार गरेका दुवै उम्मेदवारले मतदाता नामावली सच्याउन र निर्वाचन समितिलाई वैधानिक ढंगले पुनर्गठन गर्न माग गरेका छन्। उनीहरूले आफ्ना माग सम्बोधन नभएसम्म निर्वाचन प्रक्रियामा सहभागी नहुने अडान लिएका छन्। त्यसपछि रेग्मी र चौधरी अधिवेशन स्थलबाट बाहिरिएका थिए।

अधिवेशन उद्घाटन समारोहमा रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारु प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा कैलालीका पाँचवटै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यहरू कमल ज्ञवाली, केपी खनाल, जगतप्रसाद जोशी, खेमराज कोइराला, डा. आनन्दकुमार चन्द तथा सांसद करिश्मा कठरिया लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।