मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:३६ Monday, November २३, २०२६

अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा लाग्नुपर्छ: ज्ञानेन्द्र शाही

शेयर६.४K०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको सोमबारको बैठकमा करका दर हेरफेर हुने विषय अर्थमन्त्रीबाहेक अन्य कसैलाई थाहा नहुने उल्लेख गर्दै यस प्रकरणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि राजद्रोहको मुद्दा लाग्नुपर्ने बताएका छन्।

‘यस प्रकरणमा अर्थमन्त्रीमाथि नितान्त छानबिन हुनुपर्छ र राजद्रोहको मुद्दा लाग्नुपर्छ,’ शाहीले प्रतिनिधिसभा बैठकमा सोमबार भने।

शाहीले कोरला र रसुवागढी नाकाबाट बजेटअगावै कर तिरेर बजेटपछाडि गाडी आएको प्रसंग उल्लेख गर्दै करका दर हेरफेरको विषयको सूचना कसरी चुहियो भनी प्रश्न गरेका छन्। उनले यस विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने पनि बताएका छन्।

उनले कर्मचारीलाई कारबाही गरेर अर्थमन्त्री यस विषयमा चोखिने प्रवृत्ति मान्य नहुने पनि बताए।

कोरला र रसुवागढी नाकाबाट आएका करिब १५०० बीवाइडी गाडी शंकास्पद रूपमा भित्रिएको र कर छली भएको भन्दै सशस्त्र प्रहरीले अनुसन्धानका लागि ती गाडीहरू नियन्त्रणमा लिएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर६.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।