मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:४० Monday, November २३, २०२६

घोडाघोडीका खडक रेश्मी मगरसहित तीन फरार प्रतिवादी पक्राउ

शेयर२२.१K०

विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका तीन जना अभियुक्तलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाअनुसार सजाय ठहर भई फरार रहेका उनीहरूलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय र ४ हजार रुपैयाँ जरिवाना तोकिएका घोडाघोडी नगरपालिका–१ निवासी खडक रेश्मी मगर रहेका छन्।

यस्तै, सवारी ज्यान मुद्दामै २ महिना कैद सजाय तोकिएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० निवासी खेमराज जोशी पनि पक्राउ परेका छन्।

त्यसैगरी, लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय तथा ५ हजार रुपैयाँ जरिवाना ठहर भएका बझाङको बित्थडचिर गाउँपालिका–२ निवासी धनबहादुर बोहरालाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकामाथि फैसला कार्यान्वयनको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२२.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।