मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:३० Monday, November २३, २०२६

मोहना नदी किनारमा मृत भेटिएका युवकको हत्या भएको खुल्यो, दुई पक्राउ

शेयर२५.१K०

कैलालीको धनगढीमा मृत भेटिएका युवकको हत्या भएको खुलेको छ ।

धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदी किनारमा बेवारिसे अवस्थामा फेला परेका २० वर्षीय राजकुमार रानाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले आइतबार मृत भेटिएका कैलारी गाउँपालिका–९ गदरियाका रानाको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको जानकारी दिए ।

उनकाअनुसार हत्यामा संलग्न भएको अभियोगमा धनगढी उपमहानगरपालिका–८ का ६० वर्षीय बम्मन राना र ५८ वर्षीया भँगु रानालाई पक्राउ गरिएको छ । उनीहरुसहित चार जनाले रानाको कुटपिट गरी हत्या गरि शव मोहना नदी किनारमा फालेको देखिएको प्रहरीको भनाइ छ ।

उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ भने अन्य दुुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२५.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।