मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:१८ Sunday, November २२, २०२६

धनगढीमा कटुवा पेस्तोलसहित भारतीय युवक पक्राउ

शेयर५.२K०

धनगढीमा पेस्तोल र घरेलु हतियारसहित एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–५ सत्कार चोकमा कोठा गरी बस्दै आएका भारतको लखिमपुर खिरीका २४ वर्षीय साहिल खानलाई प्रहरीले कटुवा पेस्तुलसहित पक्राउ गरेको छ ।

मंगलबार राति वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा खानको कोठामा खानतलासी गरेको थियो । सो क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा कटुवा पेस्तोल एक थान, खुकुरी एक थान, फलामको रड एक थान, रेन्च एक थान, डिजिटल काटा एक थान र चाँदीजस्तो देखिने माला दुई थान, फलामको ‘टी’ एक थान र टर्चलाइट दुई थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बलराम पाण्डे नेतृत्वको टोलीले अप्रेसन गरेको थियो ।

बरामद गरिएका हतियार तथा सामग्रीसहित खानलाई नियन्त्रणमा लिइएको छ । उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर५.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।