मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:१२ Monday, November २३, २०२६

गस्तीबाट फर्किने क्रममा कुलोमा लड्दा दार्चुलामा प्रहरी जवानको मृत्यु

नौगाड गाउँपालिकास्थित होपरीगाड प्रहरी चौकीमा कार्यरत खेमराज भट्ट रातिको गस्ती सकेर फर्किने क्रममा कुलोमा चिप्लिएका थिए।

शेयर६.३K०

दार्चुलामा गस्तीबाट फर्किने क्रममा कुलोमा चिप्लिएर लड्दा एक प्रहरी जवानको मृत्यु भएको छ।

जिल्लाको नौगाड गाउँपालिका–५ स्थित होपरीगाड प्रहरी चौकीमा कार्यरत प्रहरी जवान खेमराज भट्ट गएराति करिब १० बजे गस्तीका क्रममा पानीघट्टको कुलोमा चिप्लिएर लडेका थिए।

गम्भीर घाइते भएका भट्टलाई तत्काल उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो। उपचारकै क्रममा बुधबार राति २: १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए।

प्रहरीका अनुसार रातिको गस्ती सकेर चौकीतर्फ फर्किने क्रममा उक्त दुर्घटना भएको हो। अन्दाजी २५ वर्षीय प्रहरी जवान भट्ट बैतडी जिल्लाका स्थायी बासिन्दा रहेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर६.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।