मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ४:५६ Sunday, November २२, २०२६

मोहना नदी हत्याकाण्ड : प्रेम सम्बन्धको विवादपछि युवकको हत्या, युवतीसहित तीन जना पक्राउ, भारतीय युवक फरार

धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदी किनारमा बेवारिसे अवस्थामा मृत फेला परेका रानाको उनैसँगै विवाह गर्ने तयारीमा रहेकी प्रेमिका रानाले हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

शेयर११K०

धनगढीको मोहना नदीमा मृत भेटिएका कैलारी गाउँपालिका— ९ गदरियाका २० वर्षीय राजकुमार रानाको हत्यामा उनकै प्रेमीका गिता रानाको संलग्नता रहेको पाइएको छ ।

धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदी किनारमा बेवारिसे अवस्थामा मृत फेला परेका रानाको उनैसँगै विवाह गर्ने तयारीमा रहेकी प्रेमिका रानाले हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कैलालीका एक प्रहरी अधिकृतकाअनुसार धनगढीकै बांग्रा कटान बस्ने ती युवती र मृतक लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

घरपरिवारलाई समेत दुई जनाको सम्बन्धबारे थाहा थियो । उनीहरु चाडै विवाह गर्ने तयारीमा थिए । तर यहीबीचमा युवती भारतीय युवकसँग पनि प्रेम सम्बन्धमा रहेको कुरा नेपाली प्रेमीले थाहा पाएका थिए । सोही विषयलाई लिएर प्रेमी, प्रेमिकाबीच पछिल्लो सयम विवाद बढेको थियो ।

विवादकै कारण भारतीय नागरिकसँग मिलेर युवतीले रानाको हत्या गरेर मोहना नदीमा शव फालेको अनुसन्धानले देखाएको प्रहरी बताउँछ । शव व्यवस्थापनमा युवतीका बुवाआमाले नै सघाएकाे खुलेकाे छ ।

युवककाे कैलारीबाट धनगढीस्थित युवतीकाे घरमा आएका बेला हत्या गरिएको थियाे । युवतीसहित प्रहरीले उनका आमाबुबा ६० वर्षीय बम्मन राना र ५८ वर्षीया भँगु रानालाई पक्राउ गरेकाे छ । उनीहरु दुवै जनाले हत्यापछि शव व्यवस्थापनमा छाेरी र उनीसँगै प्रेममा रहेका भारतीय युवकलाई सहयोग गरेको अनुसन्धानले देखाएको छ । हत्या पछि आमाबुवा घरमै बसिरहेका थिए भने छाेरी गीतालाई युवकसँगै भारत पठाएका थिए ।

भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरी बुधबार बिहान कैलाली ल्याइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ । गीताका अर्का प्रेमी भारतीय युवक भने फरार रहेका छन्।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।