मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:२८ Sunday, November २२, २०२६

रास्वपा सुदूरपश्चिमको प्रदेश अधिवेशन आज, केपी खनालसहित चार जना आकांक्षी

प्रदेश अधिवेशन पार्टीका महामन्त्री भूपदेव शाहले उद्घाटन गर्ने कार्यक्रम तय भएको रास्वपाले जनाएको छ ।

शेयर१.७K०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको प्रदेश अधिवेशन सोमबार हुने भएको छ । धनगढीको रिद्धिसिद्धी पार्टी प्यालेसमा बिहान १० बजेदेखि अधिवेशन हुने रास्वपाले जनाएको छ ।

अधिवेशनमा सहभागी हुन प्रदेशका अन्य जिल्लाबाट प्रतिनिधि धनगढी आइसकेका छन् । अधिवेशनको उद्घाटन सत्र सकिएपछि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढ्ने बताइएको छ ।

प्रदेश सभापतिमा निवर्तमान पार्टी सभापति इन्जिनियर प्रकाश विष्ट, कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य केपी खनाल, सञ्चार उद्यमी जनकराज पन्त र कञ्चनपुर–१ का प्रतिनिधिसभा सदस्य जनकराज धामीले आकांक्षा व्यक्त गरेका छन् ।

रास्वपा सुदूरपश्चिमका संस्थापक सभापति समेत रहेका विष्टलाई प्रधानमन्त्री बालेन्द्र शाह निकटकाको समर्थन रहेको चर्चा सुनिएको छ । भने पन्त र धामीलाई सभापति रबी लामिछानेको समर्थन रहेको बताइन्छ । खनालको नाम भने सर्वसम्मतका रूपमा अघि सारिएको थियो ।

पहिले बालेन्द्र शाह निकट भए पनि अहिले केपी खनाललाई रबी लामिछानेसँग पनि जोडिने गरिन्छ । रास्वपाका एक नेताले भने, ‘सर्वसम्मत हुने अवस्थामा खनालको नाम अघि आउँछ भने निर्वाचन हुने सम्भावनामा विष्ट र पन्त तथा धामीमध्ये एक हुने अवस्था छ । ’

प्रदेश अधिवेशन पार्टीका महामन्त्री भूपदेव शाहले उद्घाटन गर्ने कार्यक्रम तय भएको रास्वपाले जनाएको छ । यसअघि सभापति लामिछानेले उद्घाटन गर्ने बताइए पनि अहिले महामन्त्री शाहले उद्घाटन गर्ने कार्यक्रम भएको रास्वपाले जनाएको छ । शाह धनगढी आइपुगेका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।