मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:५६ Sunday, November २२, २०२६

खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो फेसबुकमा पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ

उनले करिब तीन महिनाअघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाउँदै डर–धम्की दिई कुटपिट गरेको भिडियो मंगलबार राति करिब ८ः३० बजे आफ्नै फेसबुक आईडीमार्फत सार्वजनिक गरेका थिए।

शेयर१६K०

दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनले करिब तीन महिनाअघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाउँदै डर–धम्की दिई कुटपिट गरेको भिडियो मंगलबार राति करिब ८ः३० बजे आफ्नै फेसबुक आईडीमार्फत सार्वजनिक गरेका थिए।

भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले राति १०ः४० बजे मगरलाई उनकै घरबाट नियन्त्रणमा लिएको थियो।

प्रहरीले उनको साथबाट लागुऔषधजन्य औषधि प्रेगाम्याक्स (Pregamax) एक ट्याब्लेट, ट्रोहमो (Trohmo) ४१ ट्याब्लेट, एन्टिकोप (Antikop) दुई ट्याब्लेट र नाइट्राजोहम (Nitrazohm) पाँच ट्याब्लेट बरामद गरेको जनाएको छ।

यसै प्रकरणमा तुलसीपुर उपमहानगरपालिका–२ बालापुर निवासी २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो तथा बरामद लागुऔषधका विषयमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।