मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:०४ Sunday, November २२, २०२६

अछामको ढकारी गाउँपालिकाले शनिबार कार्यालय र विद्यालय सञ्चालन गर्ने

शेयर४.८K०

अछामको ढकारी गाउँपालिकाले सेवा प्रवाह तथा शैक्षिक गतिविधि प्रभावित हुन नदिन शनिबार पनि कार्यालय तथा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।

गाउँपालिकाको कार्यपालिका बैठकबाट गरिएको निर्णयअनुसार नेपाल सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरे पनि स्थानीय तहमा सेवा प्रवाहलाई निरन्तरता दिन कार्यालय र विद्यालय सञ्चालन गरिने भएको हो।

निर्णयअनुसार गाउँपालिका, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरू सोमबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् भने शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सेवा प्रदान गरिनेछ। आइतबार भने बिदा रहने व्यवस्था गरिएको छ।

यस्तै, सामुदायिक तथा संस्थागत विद्यालयहरू सोमबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् भने शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पठनपाठन हुने गाउँपालिकाले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत नरेशबहादुर बोहराद्वारा जारी सूचनाअनुसार उक्त निर्णय असार १ गतेदेखि नै लागू भएको छ। साथै सम्बन्धित कर्मचारी, शिक्षक, विद्यार्थी, सेवाग्राही तथा सरोकारवालालाई निर्णयको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरिएको छ।

यसअघि नेपाल सरकारले गत चैत २३ गतेदेखि आइतबार र शनिबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सो निर्णयअनुसार सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तथा विद्यालय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्ने व्यवस्था लागू गरिएको थियो।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर४.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।