मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:०७ Sunday, November २२, २०२६

प्रदेश प्रमुख मियाँद्वारा बुद्ध प्रतिमा स्थापना तथा अम्बेडकर पार्कको शिलान्यास

नेपाल बौद्ध अम्बेडकर महासभाद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी प्रदेश प्रमुख मियाँले गौतम बुद्धको प्रतिमा अनावरण गर्नुका साथै बौद्ध अम्बेडकर पार्कको शिलान्यास गरेका हुन्।

शेयर४.८K०

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कैलालीको घोडाघोडी नगरपालिका–१० बुलबुलेमा बुद्ध प्रतिमा स्थापना तथा बौद्ध अम्बेडकर पार्कको शिलान्यास गरेका छन्।

नेपाल बौद्ध अम्बेडकर महासभाद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी प्रदेश प्रमुख मियाँले गौतम बुद्धको प्रतिमा अनावरण गर्नुका साथै बौद्ध अम्बेडकर पार्कको शिलान्यास गरेका हुन्। सो अवसरमा उनले वर र पिपलका बिरुवा रोपेर वृक्षरोपणसमेत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम प्रदेश बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न रहेको उल्लेख गर्दै यस्ता धार्मिक तथा सांस्कृतिक स्थलहरूले प्रदेशको सुन्दरता, सामाजिक सद्भाव र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

उनले बुलबुले क्षेत्रमा रहेको प्राकृतिक पानीको मुहान तथा त्यसबाट उत्पन्न हुने बुलबुलाको दृश्य निकै आकर्षक र आश्चर्यजनक रहेको उल्लेख गर्दै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए। प्रदेश प्रमुख मियाँले पर्यटन प्रवर्द्धनका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे।

नेपाल बौद्ध अम्बेडकर महासभाका अध्यक्ष मनोज जैगडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न बौद्ध गुम्बाका भिक्षु, सामाजिक संघसंस्थाका प्रतिनिधि, स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

बुद्ध प्रतिमा स्थापना र अम्बेडकर पार्क निर्माणले धार्मिक सहिष्णुता, सामाजिक एकता तथा स्थानीय पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर४.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।