मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:०२ Sunday, November २२, २०२६

संविधान र कानुनका पुस्तक अगाडि राखेर सेवाग्राहीलाई सम्झाइरहेका डीएसपी स्वयं अस्वाभाविक अवस्थामा, सार्वजनिक मर्यादामाथि प्रश्न

प्राप्त भिडियोमा डीएसपी चौधरीले आफ्नो अगाडि नेपालको संविधान, मुलुकी फौजदारी संहिता लगायतका कानुनी पुस्तकहरू समेत राखेको देखिन्छ। ती पुस्तकहरू पटक–पटक पल्टाउँदै उनले स्थानीय सेवाग्राहीलाई कानुनी विषयमा सम्झाइ–बुझाइ गरिरहेको समेत भिडियोमा सुनिन्छ।

शेयर१०५.९K०

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरी कार्यालय परिसरभित्रै सेवाग्राहीसँग छलफल तथा सम्झाइ–बुझाइ गरिरहेका क्रममा अस्वाभाविक अवस्थामा बसेको फेला परेको छ । निर्भीक पोष्टलाई प्राप्त भिडियोमा डीएसपी चौधरी प्रहरी संगठनको आचरण र सार्वजनिक मर्यादामा विपरीत प्रस्तुत भइरहेको देखिएको हो ।

प्राप्त भिडियोमा डीएसपी चौधरीले आफ्नो अगाडि नेपालको संविधान, मुलुकी फौजदारी संहिता लगायतका कानुनी पुस्तकहरू समेत राखेको देखिन्छ। ती पुस्तकहरू पटक–पटक पल्टाउँदै उनले स्थानीय सेवाग्राहीलाई कानुनी विषयमा सम्झाइ–बुझाइ गरिरहेको समेत भिडियोमा सुनिन्छ। तर, कानुन, अनुशासन र मर्यादाको पालना गर्नुपर्ने विषयमा सर्वसाधारणलाई सचेत गराइरहेका उच्च प्रहरी अधिकारी स्वयं छाती खुला राखेर सार्वजनिक रूपमा बसेको दृश्यले भने फरक बहस जन्माएको छ। Screenshot_20260622_125653_Galleryप्रहरी संगठनलाई अनुशासन, व्यावसायिकता र मर्यादाको प्रतीकका रूपमा हेरिने गरिन्छ। अझ कार्यालय परिसरभित्र सेवाग्राहीसँग प्रत्यक्ष संवाद गरिरहेका बेला कार्यालय प्रमुख जस्तो जिम्मेवारीमा रहेका अधिकारीले आफ्नो प्रस्तुतिमा समेत उत्तिकै सजग हुनुपर्ने हो। तर, डीएसपी चौधरीको प्रस्तुतिले प्रहरी संगठनमाथि नै प्रश्न उठाएको छ।

यस विषयमा डीएसपी चौधरीले उक्त दिन आइतबार अर्थात् बिदाको दिन भएको, अत्यधिक गर्मी र कामको चापका कारण आफू त्यसरी बसेको बताएका छन्। तर भिडियोमा डीएसपी चौधरी बसेको छेउमै पङ्खा चलेको देखिन्छ ।

“छुट्टीको दिन थियो, धेरै काम पनि थियो। गर्मी भएकाले यसरी बसेको हुँ,” चौधरीले निर्भीक पोष्ट सँग भने।

यद्यपि, बिदाको दिन भए पनि कार्यालय परिसरभित्र सेवाग्राहीहरूसँग प्रत्यक्ष बसी रहेका सार्वजनिक पदाधिकारीले आफ्नो व्यवहार, पहिरन र प्रस्तुतिप्रति संवेदनशील देखीन्छ । कानुनका पुस्तक अगाडि राखेर स्थानीयलाई सम्झाइ–बुझाइ गरिरहेका प्रहरी अधिकारी स्वयंको प्रस्तुतिले प्रहरी संगठनको व्यावसायिक छवि र सार्वजनिक मर्यादासम्बन्धी बहसलाई थप चर्काएको छ।

सर्वसाधारणलाई अनुशासन, कानुनी व्यवस्था र सामाजिक मर्यादाको पाठ सिकाउने जिम्मेवारी बोकेको प्रहरी संगठनका उच्च अधिकारीबाट यस्ता दृश्य सार्वजनिक हुनु कत्तिको सुहाउँदो हो ? भन्ने प्रश्न अहिले स्थानीय स्तरदेखि सामाजिक सञ्जालसम्म उठ्न थालेको छ।

इलाका प्रहरी कार्यालय सुखडमा हाजिर भएको धेरै समय नबित्दै डीएसपी चौधरी विभिन्न विषयलाई लिएर पटक–पटक विवादित हुँदै आएका छन्। पछिल्लो पटक सार्वजनिक भएको यो दृश्यले पनि उनको कार्यशैली र सार्वजनिक प्रस्तुतिबारे नयाँ बहस सुरु भएको छ।

कानुन र मर्यादाको पालनाबारे अरूलाई सम्झाउने जिम्मेवारीमा रहेका अधिकारी स्वयंले सार्वजनिक रूपमा आफ्नो आचरण र प्रस्तुतिप्रति कत्तिको ध्यान दिनुपर्छ ? यसको मूल्याङ्कन र जवाफ सम्बन्धित अधिकारी तथा प्रहरी संगठनले दिनुपर्ने देखिन्छ । डीएसपी चौधरीको अस्वाभाविक क्रियाकलाप का विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द संग बुझ्न खोज्दा उनको फोन उठेन।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०५.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।