कैलालीको लम्कीचुहा नगरपालिका–२ मोतिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा विद्यार्थी बोकेको अटो दुर्घटना हुँदा चालक, शिक्षिका, विद्यार्थी गरि १४ जना घाइते भएका छन्।
सोमबार बिहान करिब १०ः१५ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मालिका मन्टेश्वरी बोर्डिङ स्कुलको अटो अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अटो चालक लम्कीचुहा नगरपालिका–१ निवासी ५९ वर्षीय जगत बिष्ट, ३० वर्षीया शिक्षिका तुला घर्ती तथा विद्यालयका १२ जना विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये केहीलाई सामान्य चोट लागेको छ भने केहीको अवस्था मध्यम रहेको बताइएको छ।
दुर्घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि लालरत्न अस्पताल, लम्की पठाइएको छ।
दुर्घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। अटो विद्यार्थी बोकेर विद्यालय जाने क्रममा दुर्घटना भएको प्रहरीले जनाइएको छ ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।