मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:४७ Monday, November २३, २०२६

स्याङ्जामा २६ वर्षदेखि फरार चोरी मुद्दाका प्रतिवादी पक्राउ

शेयर७.८K०

चोरी मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई २६ वर्षपछि स्याङ्जा हरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार स्याङ्जा जिल्ला अदालतको मिति २०५७ जेठ २२ गतेको फैसलाले चोरी मुद्दामा एक महिना कैद सजाय तोकिएका यम बहादुर गुरुङ पक्राउ परेका हुन्।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ निवासी ३९ वर्षीय गुरुङले २५ दिन कैद भुक्तान गरिसकेका थिए भने पाँच दिन कैद भुक्तान गर्न बाँकी रहँदा फरार रहेका थिए।

उनीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले बिहीबार आफ्नै घरबाट पक्राउ गरेको हो। पक्राउ परेका गुरुङलाई बाँकी कैद भुक्तानका लागि स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर७.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।