मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:१५ Sunday, November २२, २०२६

धनगढीका ६ हाेटलमा प्रहरीकाे छापा, याैन धन्दामा संलग्न जाेडीसहित २४ जना पक्राउ

प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाको कमाण्डमा १७ सदस्यीय प्रहरी टोलीले धनगढीका विभिन्न होटल र लजमा छापा हानेको हो ।

शेयर११९.३K०

जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिकाभित्र रहेका विभिन्न होटल तथा लजमा छापा हानेको छ।

प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाको कमाण्डमा १७ सदस्यीय प्रहरी टोलीले धनगढीका विभिन्न होटल र लजमा छापा हानेको हो ।

जस क्रममा महिला र पुरुष गरी २४ जनालाई नियन्त्रणमा लिइएको छ । कैलाली प्रहरीका सूचना अधिकारी डीएसपी तिमिल्सिनाका अनुसार बुधबार दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म धनगढीका विभिन्न होटल र लजमा आकस्मिक अनुगमन तथा चेकजाँच गरीएको थियो ।

उनले विभिन्न होटलबाट ११ महिला र १३ पुरुषलाई आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको बताए ।

हाल नियन्त्रणमा लिइएका व्यक्तिसँग सोधपुछ भइरहेको छ । पक्राउ पर्नेमा ७ जना भारतीय नागरिक पुरूष रहेको बताइएको छ ।

पछिल्लो समय धनगढीका विभिन्न होटलमा यौनधन्दा चलिरहेको आरोप लाग्ने गरेको छ । सोही सूचनाको आधारमा बुधबार विशेष अभियान चलाइएको हो ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ । यसअघि पनि विभिन्न होटलहरुमा छापा मारिएको थियो । जसमा महिला र पुरुष गरी ३० जना पक्राउ परेका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११९.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।