मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:४६ Sunday, November २२, २०२६

ट्राफिक व्यवस्थापनलाई नागरिकमैत्री बनाउन एसपी कार्कीको विशेष पहल, WhatsApp Community सञ्चालनमा

शेयर६.५K०

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने उद्देश्यसहित आधिकारिक WhatsApp Community सञ्चालनमा ल्याएको छ। नागरिक र ट्राफिक प्रहरीबीचको समन्वयलाई प्रविधिमार्फत थप सुदृढ बनाउने उद्देश्यले WhatsApp Community काे सुरुवात गरिएको हो।

ट्राफिक गुनासो तथा सुझाव, ‘ट्राफिक नियम उल्लङ्घन सूचना’ तथा ‘ट्राफिक सूचना, जनचेतना’ गरी तीनवटा समूह समावेश गरिएका छन्। यी समूहमार्फत नागरिकले ट्राफिक व्यवस्थापनसँग सम्बन्धित आफ्ना गुनासा, सुझाव, सूचना तथा जनचेतनामूलक सामग्री सहज रूपमा आदानप्रदान गर्न सक्ने व्यवस्था गरिएको छ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार, उक्त WhatsApp Community को उद्देश्य ट्राफिक प्रहरीसम्बन्धी गुनासा तथा सुझाव सङ्कलन गर्नु मात्र नभई, नागरिकबाट प्राप्त हुने ट्राफिक नियम उल्लङ्घनसम्बन्धी सूचना, सडक सुरक्षासम्बन्धी सुझाव तथा जनचेतनामूलक सन्देशहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्दै ट्राफिक सेवालाई अझ विश्वासिलो र नागरिकमैत्री बनाउनु रहेको छ।

प्रहरी उपरीक्षक कार्कीले नागरिकबाट प्राप्त हुने सूचना तथा सुझावले ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। उनले सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारी तथा सर्वसाधारण नागरिकलाई QR Code स्क्यान गरी उक्त समुदायमा आबद्ध हुन आग्रह समेत गरेका छन्।

यसैबीच, विभिन्न स्थानमा राखिएका QR Code हरू वर्षाको पानीले भिज्ने वा अन्य कारणले क्षति पुग्ने स्थानमा टाँसिएको पाइएको भन्दै कार्यालयले अबदेखि पानीबाट सुरक्षित, नागरिकको सहज पहुँच र दृष्टिमा पर्ने उपयुक्त स्थानमा मात्र QR Code राख्न सम्बन्धित निकाय तथा कर्मचारीलाई निर्देशन दिएको जनाएको छ।

प्रविधिको प्रयोगमार्फत नागरिक सहभागिता अभिवृद्धि गर्ने यो पहलले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर६.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।