मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:५० Sunday, November २२, २०२६

सरकारी स्कारपियो स्वरूप परिवर्तन गरिएको अवस्थामा बरामद, घोडाघोडीका कार्की पक्राउ

घटनामा संलग्न रहेको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–२ का अर्जुन कार्कीलाई पक्राउ गरिएको छ।

शेयर५५.७K०

नेन्जी आन्दोलनका क्रममा लुटिएको सरकारी स्कारपियो गाडी स्वरूप परिवर्तन गरिएको अवस्थामा प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–२ का अर्जुन कार्कीलाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी योगेन्द्र तिमिल्सेनाका अनुसार २०८२ जेठ २५ गते दिउँसो धनगढी उपमहानगरपालिका–४ स्थितबाट करिब ४७५ जनाको समूहले सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डिनको कार्यालयको बा २ झ २८५९ नम्बरको सरकारी स्कारपियो लुटेर लगेका थिए।

घटनापछि प्रहरीले गाडीको खोजतलासलाई तीव्र बनाएको थियो। सोही क्रममा २०८२ असार ८ गते घोडाघोडी नगरपालिका–२ स्थित अर्जुन कार्कीले सञ्चालन गरेको लिगासैनी सःमिल तथा फर्निचर उद्योगबाट उक्त स्कारपियो स्वरूप परिवर्तन गरिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा कार्कीलाई पक्राउ गरेको छ। उनीविरुद्ध चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर५५.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।