मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:२२ Monday, November २३, २०२६

कैलारीको सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

शेयर७.९K०

कैलालीको कैलारी गाउँपालिका–५ स्थित पवेरा सामुदायिक वनमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा एकनाले भरुवा बन्दुक फेला पारेको हो। उक्त बन्दुक आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याइएको प्रहरीले जनाएको छ।

बन्दुक कसले र किन त्यहाँ लुकाएर राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर७.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।