मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:२७ Sunday, November २२, २०२६

अत्तरियाको होटलमा १४ वर्षीया किशोरीमाथि बलात्कार, बैतडीका युवक पक्राउ

शेयर१.७K०

कैलालीमा होटलमा राखेर जबरजस्तीकरणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीकाअनुसार १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बैतडीका युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–१ बस्ने २० वर्षीय राजेश धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनकाअनुसार धामीले २४ असारमा ती किशोरीलाई घरबाट अत्तरिया बोलाई एक होटलमा राखेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो ।

धामीलाई सोमबार धनगढी उपमहानगरपालिका–८ को क्याम्पस चोकबाट पक्राउ गरिएको थियो ।
उनलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।