मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो २:१९ Sunday, November २२, २०२६

बझाङ जिप दुर्घटनाः आमा भेटिएको खुसी साट्न नपाउँदै छोरीले पनि गुमाइन् ज्यान

शेयर४K०

शनिबार बझाङको केदारस्यूँमा भएको जिप दुर्घटनामा ज्यान गुमाएकी ६० वर्षीया कुटुरीदेवी महत श्रीमान्को मृत्युपछि विक्षिप्त थिइन् । गत जेठ २६ मा पति प्यारुलालको मृत्यु भएपछि उनको व्यवहार अस्भाविक बन्दै गएको थियो । घरी टोलाउने, एक्लै बर्बराउने गर्न थालेकी कुटुरी बिहीबार घरबाट घाँस काट्न हिँडेपछि हराएकी थिइन् । सोही दिनदेखि उनको खोजीमा जुटेका गाउँलेहरु थकित र निरास भइसकेका थिए । उनको खोजीका लागि छिमेकीहरु आफन्त र नातागोता भएका अन्य गाउँसम्म पनि गए । शनिबार बिहान एक्कासी बुगंल नगरपालिकाको जंगलमा उनी जिवितै फेला परिन् ।

आमा हराएपछि चिन्तामा डुबेकी उनकी छोरी विमला महत धामी सबैभन्दा खुसी भइन् । हराएकी आफन्त भेटेर सबै गाउँले हर्षित भए । तर चुवावनवासीको यो खुसी पाँच घण्टा पनि टिक्न दिएन । छोरीको घर केदारस्यूँको काँडाचौरमा खोज्न गएका सबैले खाना खाए । तीन दिनदेखि हराएकी, भोकप्यासले कमजोर भएकी आमालाई हिँडाएर दुर्गाथली–६ मा पर्ने चुवावन गाउँ लैजान छोरीको मनले मानेन । आफ्नै श्रीमान् जिप चालक भएकाले गाडीमै गाउँ लैजाने तयारी गरिन् ।

गाडीमा अट्ने जति खोज्न गएका आफन्तहरुलाई समेत राखेर विमला पनि आमाको छेउको सिटमा बसिन् । ‘उहाँहरु सबै गाडीमा बस्ने ठाउँ नभए पछि खोज्न गएका हामी ६र७ जना हिँडेरै आयौं,’ दुर्घटनाका प्रत्यक्षदर्शी समेत रहेका मृतकका आफन्त दिपक जाग्रीले भने, ‘हामी छोटोबाटो भएर ओल्लो डाँडामा पुगेका थियौं । पारि सुगुरेको घुम्तीमा जिप खस्दै गरेको सुनियो ।’

त्यसपछि आफुहरु दौड्दै घटनास्थमा पुग्दा कुटुरी, उनकी छोरी विमला र देवर चक्र महतको घटनास्थमै ज्यान गएको उनले बताए । ‘हराएको मान्छे भेटिनु भयो भनेर सबै खुसी भएका थियौं,’ मृतक कुटुरीका भदा नाता पर्ने जाग्रीले भने, ‘हाम्रो खुसी दैवले देख्न सकेन । गाउँभरी रुवाबासी भइरहेको छ ।’ यो घटनामा जिप चालक मृतक विमलाका श्रीमान् देव धामी सहित सात जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर र स्काइट्रक मार्फत काठमाडौं, नेपालगन्ज र सुर्खेत लगिएको छ ।

शनिबार नै नेपाली सेनाको हेलिकप्टर घाइतेको उद्धारका लागि बझाङ आएको भए पनि खराब मौसमका कारण घटनास्थलमा अवतरण गर्न सकेको थिएन । हेलिकप्टरबाट उद्धार सम्भव नभए पछि घटनाको झण्डै १० घण्टा पनि घाइतेहरुलाई सडक मार्गबाट जिल्ला अस्पताल ल्याइएको थियो । घाइतेमध्ये देव धामीको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न जिल्ला अस्पतालका चिकित्सकहरुले जनाएका छन् ।

साँघुरो घुम्तीमा दुर्घटना
प्रहरीका अनुसार १६ जना यात्रु बोकेको उक्त सुपप्र ०१–००१ च २६६४ नम्बरको बोलेरो जिप केदारस्यूँ गाउँपालिका–७ मा पर्ने सुगुरे घुम्तीमा दुर्घटना भएको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।