मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:२६ Sunday, November २२, २०२६

फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा

सन् २०१० को विश्वकप विजेता स्पेनले १६ वर्षपछि दोस्रोपटक विश्वकपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

शेयर३.७K०

फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

सन् २०१० को विश्वकप विजेता स्पेनले १६ वर्षपछि दोस्रोपटक विश्वकपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

डलास रंगशालामा भएको खेलमा स्पेनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन ग¥यो । खेलको २२ औं मिनेटमा पेनाल्टीमार्फत मिकेल ओयार्जाबलले स्पेनका लागि पहिलो गोल गरे भने दोस्रो हाफको ५८ औं मिनेटमा पेड्रो पोरोले गोल गर्दै टोलीको जित पक्का गरे ।

दुई गोलको अग्रता लिएपछि स्पेनले खेलमा पूर्ण नियन्त्रण कायम राख्यो र अन्त्यसम्म सोही अग्रतालाई जोगाइराख्यो । र यस जितसँगै स्पेनले फाइनलमा आफ्नो स्थान पक्का ग¥यो ।

अब स्पेनले फाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर३.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।