मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:३२ Sunday, November २२, २०२६

बालेन बसेको लटौली रिसोर्टको सूचना चुहाएको भन्दै विवाद, ४ कर्मचारी हटे

शेयर४.३K०

चितवनमा आयोजित रास्वपाको पहिलो महाधिवेशनका बेला प्रधानमन्त्री बालेन शाह बसेको लटौली सेन्चुरी रिसोर्टका सञ्चालक र उच्च तहका कर्मचारीबीच सूचना चुहाएको विषयका विवाद भएको छ । यही विवादका कारण चार कर्मचारी हटेका छन् ।

चितवनको कालिका नगरपालिका–९ शक्तिखोरमा रहेको रिसोर्ट सञ्चालक ज्ञानेन्द्र खड्काले रिसोर्टमा आएका पाहुना र रिसोर्टका सूचना चुहाएको आरोप उच्च तहका कर्मचारीहरुलाई लगाएपछि विवाद भएको थियो ।

रिसोर्टमा सञ्चालकसँग विवाद उत्पन्न भएपछि जनरल म्यानेजर रोशन पुरीसहितका चार जना कर्मचारीहरु हटेका हुन् ।

नेटवर्किङको काम गरेर ठगी गरेको, विवादास्पद व्यापारी गणेश लामासँग उत्पन्न विवाद, बिट क्वाइन र क्रिप्टोकरेन्सी जस्ता विषयमा रिसोर्ट सञ्चालक खड्का विवादमा मुछिएको लगायतका समाचार सार्वजनिक भएपछि खड्का थप आक्रोशित बनेका थिए ।

रिसोर्टमा कार्यरत तल्लो तहका कर्मचारीहरुलाई जासुस जस्तो बनाएर परिचालन गर्ने र काम लगाउँदा खड्कासँगको चिनजानको सम्बन्ध देखाएर कतिपय स्थानीय कर्मचारीहरुले अटेर गर्न थालेको रिसोर्टबाट हटेका एक उच्च तहका कर्मचारीले बताए ।

रास्वपाको चितवनमा असार ७ गतेदेखि सुरु भएको महाविधेशनका बेलामा प्रधानमन्त्री बालेन शाह परिवारसहित रिसोर्टका १६ वटा कोठा बुक गरेर ३ दिनसम्म बसेका थिए ।

उनी रिसोर्टमा बसेको बेला त्यहाँ कार्यरत धेरै कर्मचारीहरुलाई बिदा दिइएको थियो भने सीसीटीभी क्यामेरा बन्द गर्न लगाइएको थियो । सो विषय सञ्चारमाध्यममा गएको बारेमा पनि उनले पटकपटक चासो राख्दै आएका थिए ।

खड्काले २०८३ वैशाखबाट रिसोर्ट सञ्चालनमा ल्याएका थिए । अनलाइन खबरबाट

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर४.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।