मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:३४ Monday, November २३, २०२६

पद धरापमा परेपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे सदस्यता अध्यावधिक

शेयर६.३K०

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली कांग्रेसको सक्रिय सदस्यता अध्यावधिक गरेका छन्। कांग्रेसभित्र शेरबहादुर देउवा पक्षसँग निकट मानिने शाहले कैलालीको लम्कीचुहा नगरपालिका–१ बाट आफ्नो सक्रिय सदस्यता नवीकरण गरेका हुन्।

कांग्रेस स्रोतका अनुसार शाहले साउन ३ गते नै सदस्यता अध्यावधिक गरेका थिए। उनको सक्रिय सदस्यता (एनसीआईडी) ७६३७४९१ रहेको छ। कांग्रेसले सदस्यता अध्यावधिकको समयसीमा पटक–पटक थप्दै गएपछि उनले सोमबार प्रक्रिया पूरा गरेका हुन्।

शाह विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठाउँदै आएका नेतामध्ये एक हुन्। अदालतबाट आएको निर्णयपछि भने उनले गगन थापालाई सभापतिका रूपमा स्वीकार गरेको बताएका थिए।

यसअघि गगन थापाकै उपस्थितिमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले पार्टीका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका र स्थानबारे पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने बताएका थिए। उनले कांग्रेसभित्र सबै पक्षलाई सम्मानजनक स्थान दिँदै संगठनलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने धारणा पनि व्यक्त गरेका थिए।

पार्टी विभाजनको चर्चा चलिरहेका बेला मुख्यमन्त्री शाहले सदस्यता अध्यावधिक गरेका हुन् । शाह अहिले अल्पमतको सरकारको नेतृत्व गरिरहेका छन्। एमालेले समर्थन फिर्ता लिएपछि शाह अल्पमतमा परेका हुन्। अल्पमतमा परेसँगै शाहको मुख्यमन्त्री पद धरापमा परेको छ। विश्वासको मत लिने बताउँदै आएका मुख्यमन्त्री शाहले कांग्रेसभित्रैबाट साथ पाउने कि नपाउने भन्ने चर्चा चलेका बेला लामो समयदेखि सदस्यता अध्यावती नगरेका शाहले हालै सदस्यता अध्यावधिक गरेका हुन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर६.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।