मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:११ Monday, November २३, २०२६

डोडा नदीमा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय बालकको मृत्यु

शेयर३७.५K०

कैलालीको घोडाघोडी नगरपालिका–१ लोहरपुरमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

आज दिउँसो करिब १:०० बजे स्थानीय डोडा नदीमा नुहाउन गएका चार जना बालकमध्ये डुबेका स्थानीय १२ वर्षीय टेकेन्द्र बोहराको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए।

प्रहरीका अनुसार बोहराका साथीहरूले घटनाबारे जानकारी गराएपछि उनकी आमा पुष्पा बोहरासहित स्थानीयवासीको सहयोगमा उनलाई नदीबाट उद्धार गरिएको थियो। गम्भीर अवस्थामा घोडाघोडी अस्पताल, सुखड पुर्‍याइएका बोहराको उपचारकै क्रममा आज अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर३७.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।