मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:३५ Sunday, November २२, २०२६

घोडाघोडीमा आगलागी पीडित परिवारलाई नगरपालिकाको राहत, निर्भीक पोष्टको समाचारपछि सहयोग जुट्ने क्रम जारी

बुधबार साँझ गाई, गोरु तथा बाख्रालाई मच्छर भगाउन गोठमा बालिएको आगो सल्किँदा जगु बुढाको गोठ र दुईतले घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो।

शेयर८.२K०

कैलालीको घोडाघोडी नगरपालिकाले आगलागीबाट घर तथा गोठ गुमाएका वडा नम्बर ४ गैडाखेडाका जगु बुढाको परिवारलाई राहत सामग्री वितरण गरेको छ।

नगर प्रमुख खडक बहादुर रावत, वडा नम्बर ४ का वडा अध्यक्ष भरतबहादुर शाही तथा नगरपालिकाको विपद् व्यवस्थापन शाखाको टोली घटनास्थलमै पुगेर पीडित परिवारलाई राहत हस्तान्तरण गरेको हो।

नगरपालिकाले पीडित परिवारलाई चामल, दाल, तेल, नुन, सर्फ, नुहाउने साबुन, मसला, पिपी फोम, त्रिपाल, बाल्टिन, जग तथा खाना पकाउने भाँडाकुँडालगायत अत्यावश्यक सामग्री उपलब्ध गराएको जनाएको छ।

राहत हस्तान्तरणका क्रममा नगर प्रमुख रावतले आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै विपद्को यस कठिन घडीमा पीडित परिवारलाई केही राहत पुग्ने उद्देश्यले नगरपालिका साथमा उभिएको बताए।

बुधबार साँझ गाई, गोरु तथा बाख्रालाई मच्छर भगाउन गोठमा बालिएको आगो सल्किँदा जगु बुढाको गोठ र दुईतले घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो। आगलागीबाट नगद, गरगहना, खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा, महत्वपूर्ण कागजातलगायत घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उक्त आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा दमकलको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो।

घटनापछि स्थानीय गैडाखेडाका युवाहरूले पनि धान, गहुँ तथा अन्य खाद्यान्न संकलन गरी पीडित परिवारलाई सहयोग गरेका छन्। FB_IMG_1785483915222यस्तै, आगलागी लगत्तै निर्भीक पोष्टले राहत सङ्कलन अभियानलाई सहयोग पुग्ने उद्देश्यले भिडियो रिपोर्टिङ प्रसारण गरेको थियो। उक्त भिडियो सार्वजनिक भएपछि विभिन्न व्यक्ति, संघसंस्था तथा शुभेच्छुकहरूबाट पीडित परिवारका लागि राहत र सहयोग जुट्ने क्रम निरन्तर जारी रहेको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।