मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो २:०८ Sunday, November २२, २०२६

चामल र खानेतेलको मूल्य बढ्यो, उपभोक्तामाथि थप भार

व्यवसायीका अनुसार चामलको मूल्य प्रतिकेजी २० रुपैयाँसम्म र प्रतिबोरा ३५० देखि ४०० रुपैयाँसम्म वृद्धि भएको छ ।

शेयर७.५K०

पछिल्लो तीन महिनामा चामल र खानेतेलको मूल्य उल्लेख्य रूपमा बढेपछि उपभोक्ताको दैनिक खर्च बढेको छ ।

व्यवसायीका अनुसार चामलको मूल्य प्रतिकेजी २० रुपैयाँसम्म र प्रतिबोरा ३५० देखि ४०० रुपैयाँसम्म वृद्धि भएको छ ।

नेपाल खुद्रा व्यापार संघका अनुसार स्टिम जिरा मसिना चामल प्रतिकेजी ८० रुपैयाँबाट १०० रुपैयाँ, पोखरेली चामल ९५ रुपैयाँबाट १२० रुपैयाँ र लङ्ग्रेन बासमती चामल १७५ रुपैयाँबाट १९० रुपैयाँ पुगेको छ । संघले थोक बजारमै मूल्य अस्वाभाविक रूपमा बढेको जनाएको छ ।

उद्योगीहरूले नेपाल चामल आयातमा निर्भर भएकाले भारतको निर्यात नीति, उत्पादनमा कमी र धानको समर्थन मूल्य वृद्धिको प्रत्यक्ष असर नेपाली बजारमा परेको बताएका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार प्रतिबोरा सोना मन्सुली चामलको मूल्य १ हजार ३५० रुपैयाँबाट बढेर १ हजार ७५० रुपैयाँ पुगेको छ ।

त्यस्तै, २० केजी लङ्ग्रेन बासमती चामलको मूल्य ३ हजार ५०० रुपैयाँ पुगेको छ ।

२५ केजी जिरा मसिनो चामलको मूल्य पनि १ हजार ८०० रुपैयाँबाट बढेर २ हजार ३३० रुपैयाँ पुगेको छ ।

यस्तै, खानेतेलको मूल्य पनि प्रतिलिटर ३० रुपैयाँले बढेको छ । संघका अनुसार असार १ गते प्रतिलिटर ३५० रुपैयाँ रहेको काँचो तोरीको तेल साउन १ गतेदेखि बढेर ३८० रुपैयाँ र भुटेको तोरीको तेल ४३० रुपैयाँबाट ४६० रुपैयाँ प्रतिलिटर पुगेको छ ।

भटमास र सूर्यमुखी तेलको खुद्रा मूल्य पनि प्रतिलिटर २९० रुपैयाँ सम्म पुगेको छ ।

 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर७.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।