मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो २:४८ Sunday, November २२, २०२६

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

शेयर२.५K०

नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ ।

महासचिव तुलाबहादुर थापाका अनुसार महासंघको परिषद् बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो । ‘भदौबाट आन्दोलन गर्ने निर्णय भएको छ। आन्दोलनको तिथि मिति विस्तारित कार्यालय बैठकले निर्णय गर्छ’, उनले भने ।

शिक्षा ऐनको माग, नियमावलीको १० औँ संशोधनमा आएका विषयमा महासंघले फरक मत राखेको छ । ‘शिक्षा ऐन जारी हुनुपर्छ , दशौं संशोधनमा भएका प्रावधान राम्रो छैन’, उनले भने ।

शिक्षक सरुवा, विद्यालय कर्मचारी, ईसीडी शिक्षक, अस्थायी प्रकृतिका शिक्षकको व्यवस्थापन हुनुपर्ने माग महासंघले राख्दै आएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।