मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:०८ Monday, November २३, २०२६

घुस लिएको आरोपमा वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

शेयर१३.२K०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सिरहाको सवडिभिजन वन कार्यालय, बन्दीपुरका कार्यालय प्रमुख रामकेबल राय यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार अधिकृत आठौँ प्राविधिक यादवले काष्ठ उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भएरनभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने तथा काठ बोकेर आएका ट्रकको सिल खोलेको मुचुल्का तयार गरिदिने क्रममा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख–हैरानी दिइ घुस मागेको आरोप लागेको हो ।

सेवाग्राहीबाट घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट १२ हजार घुस लिइसकेका अवस्थामा पक्राउ गरेको थियो ।

 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१३.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।