मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:४९ Sunday, November २२, २०२६

सहकारीको साढे ८ लाख रुपैयाँ हिनामिना मुद्दाका फरार प्रतिवादी कञ्चनपुरबाट पक्राउ

शेयर२K०

सहकारी रकम हिनामिना मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालतकाे २०८२ मंसिर २ गतेको फैसलाले २ वर्ष कैद सजाय र ८ लाख ८७ हजार २ सय ७८ रुपैयाँ जरिवाना तोकिएका भीमदत्त नगरपालिका–१८ निवासी ४१ वर्षीय शिद्द राज सोतीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनलाई आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका सोतीलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गर्ने प्रक्रिया अघि बढाइएको छ।

 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।