मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:२५ Sunday, November २२, २०२६

सरकारको कामबारे एमाले नेता विष्णु रिजालको व्यंग्य– लुकिङ टु लण्डन, टकिङ टु टोकियो

सामाजिक सञ्जालमा लेख्दै रिजालले बल प्रयोग गर्ने आधिकारिक निकाय सरकार भए पनि त्यसलाई दुरुपयोगग गर्दा आतंकको स्थिति सृजना भएको उनले उल्लेख गरेका हुन् ।

शेयर२.५K०

नेकपा ९एमाले०का केन्द्रीय सदस्य एवं विदेश विभागका सदस्य विष्णु रिजालले सरकारको प्राथमिकता एकातिर हुनुपर्नेमा ध्यान अर्कैतिर गएको बताएका छन् । रिजालले राज्यसँग बल छ भन्दै जथाभावी प्रयोग गर्दा त्यसले राज्य आतंक सृजना गरेको उनले बताए ।

सामाजिक सञ्जालमा लेख्दै रिजालले बल प्रयोग गर्ने आधिकारिक निकाय सरकार भए पनि त्यसलाई दुरुपयोगग गर्दा आतंकको स्थिति सृजना भएको उनले उल्लेख गरेका हुन् ।

‘फरक पार्टीका नेताहरुमाथि धरपकड, व्यावसायीमाथि आतंक, मिडियालाई आर्थिक नाकाबन्दी लगाउँदा नपुगेर भौतिक त्रास, हुँदाहुँदा आफ्नै पार्टीका नेतामाथि निगरानीका समाचार सार्वजनिक भएका छन्’ रिजालले लेखेका छन् ‘मुलुक कता जाँदैछ रु कता लैजान खोजिदैछ रु हामीकहाँ भनाइ नै छ नि अति गरे खति हुन्छ ।’

रिजालले सरकारले प्राथमिकतामा राख्नुपर्ने केही विषयहरु पनि सुझाएका छन् । पुँजी बजार निरन्तर ओरालो लागेको, विदेशस्थित दूतावास तीन महिनादेखि खाली भएका, विश्विद्यालय भद्रगोल, विदेश साहायता बन्द भएको उनले उल्लेख गरे ।

‘विदेशी लगानी शून्य अवस्थामा पुगेको, विदेश सम्बन्ध शिथिल भएको र अर्थतन्त्र ओरालो लागेको, सामाजिक सद्धभाव विशृंखलित छ’ रिजाल लेख्छन्, ‘सरकारको ध्यानचाँही अन्यत्रै छ । भन्छन् नि टकिङ टु टोकियो, लुकिङ टु लण्डन ।’

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।