मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो २:१७ Sunday, November २२, २०२६

भजनीमा मोटरसाइकल दुर्घटना : घोडाघोडीकी महिलाको मृत्यु, चालक घाइते

शेयर२१.३K०

कैलालीको भजनी नगरपालिका–४ बिजुलियामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

मंगलबार खोपाबाट बिजुलियातर्फ आउँदै गरेको से.१ प ७२२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका–१२ की ५६ वर्षीया गुरहनिया चौधरी गम्भीर घाइते भएकी थिइन्।

उनको सुख्खडस्थित सीएस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२१.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।