मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:२५ Sunday, November २२, २०२६

बौनियामा ग्याङ फाइट: किशोर घाइते, ७ जनालाई प्रहरीले समात्यो

शेयर२१.८K०

कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनिया बजारमा बिहीबार साँझ दुई समूहबीच झडप भएको छ ।

झडपमा परी एक जना घाइते भएका छन्। बर्दगोरिया–२ झगडपुरका कृष्ण सेरेला र बौनियाका १७ वर्षीय विवेक विकको समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।

झडपमा बिक घाइते भएका छन् भने अन्य ७ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बर्दगोरिया–५ बेलुवाका दीपेश मलाल, विजय कार्की, विपिन रावल, भरत सुनार, रामपुरका प्रवेश भण्डारी, विशाल रावल र दीपेन्द्र बम रहेका छन्।

मुख्य आरोपित कृष्ण सेरेला भने फरार रहेका छन्। इलाका प्रहरी कार्यालय सडकपुरका अनुसार साँझ करिब ५:३० बजे बौनिया बजारमा झै–झगडा भएको सूचना प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक खड्क भण्डारीको नेतृत्वमा आठ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार दुई समूहबीच झडप भएको थियो। झडपमा घाइते भएका विवेक विकको घाँटीमा चोट लागेको छ। उनको बर्दगोरिया अस्पताल प्रालि, बौनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२१.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।