मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:२९ Sunday, November २२, २०२६

बझाङमा वाइन पसलबाट चरेश बरामद, सञ्चालक पक्राउ

शेयर३K०

बझाङमा चरेशसहित वाइन पसल सञ्चालक पक्राउ परेका छन् ।

जयपृथ्वी नगरपालिका–११ धामीलेखस्थित किराना तथा वाइन पसलबाट ५० ग्राम ५१ मिलिग्राम चरेशजस्तो देखिने पदार्थ बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ वर्षीय जयराज जोशीले सञ्चालन गरेको जोशी किराना एण्ड वाइन कर्नरमा खानतलासी गर्दा पसलभित्र लुकाइछिपाइ राखिएको अवस्थामा चरेशजस्तो देखिने कालो पदार्थ फेला पारेको हो।

प्रहरीले उक्त पदार्थसँगै तौल गर्ने एक थान हाते तराजु र नगद १२ हजार ४०० रुपैयाँ समेत बरामद गरेको छ। घटनापछि जोशीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।