मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:२० Sunday, November २२, २०२६

कैलालीमा ग्रीनेट पड्किदा दुई नेपाली सेना घाइते, काठमाडौँ लगियो

शेयर११.५K०

कैलालीमा सैन्य तालिम अभ्यासका क्रममा ग्रीनेट पड्किदा दुई जना सैनिक घाइते भएका छन् ।

गोदावरी नगरपालिका–४ को गोदावरीस्थित वनदेवी फाइरिङ रेन्जमा नेपाली सेनाको देवीदल गण ब्यारेक तेघरीमा सञ्चालन भएको सैन्य तालिमका क्रममा ग्रिनेट बम पड्किदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा सहायक सेनानी ३० वर्षीय बिक्रम कार्की र सैन्य २० वर्षीय रन्जित थारु रहेका छन् । उनीहरुको अवस्था मध्यम रहेको छ । दुवै जनालाई उपचारका लागि धनगढीस्थित बोराडाँडी ल्याइएको थियो ।

उनीहरुलाई थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकबाट काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिएका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।