मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:०१ Sunday, November २२, २०२६

गृहमन्त्री सुधन गुरुङले मागे माफी

राष्ट्रियसभा बैठकमा प्रश्नको जवाफ दिने क्रममा आफ्नो भाषा ठाडो हुन पुगेको भन्दै उनले माफी मागेका हुन्। बैठकमा सांसदले गृहमन्त्रीलाई निर्मला पन्त हत्या प्रकरणबारे जवाफ मागेका थिए ।

शेयर३.२K०

गृहमन्त्री सुधन गुरुङले माफी मागेका छन् ।

राष्ट्रियसभा बैठकमा प्रश्नको जवाफ दिने क्रममा आफ्नो भाषा ठाडो हुन पुगेको भन्दै उनले माफी मागेका हुन्। बैठकमा सांसदले गृहमन्त्रीलाई निर्मला पन्त हत्या प्रकरणबारे जवाफ मागेका थिए ।

जवाफमा गृहमन्त्रीले यसमा आफूले जवाफ नदिने र शुक्ष्म अनुसन्धान भइरहेको जवाफ दिएका थिए । जसमा उनको जवाफको आलोचना भएको थियो ।

‘हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ । सिक्दै जानेछौं । मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो,’ सांसदहरूलाई सम्बोधन गर्दै उनले भने, ‘यसका लागि म क्षमाप्राथी पनि छु । हजुरहरूलाई माफी पनि माग्न चाहन्छु । विपद् व्यवस्थापन विषयमा हामी छलफल गर्दै थियौं । तर विषयकेन्द्रित नभएर विपद् व्यवस्थापनमा निर्मला पन्त हत्याकाण्ड जोडियो । किन यसरी घुमाइन्छ रु मलाई यो अचम्म लाइराछ । निर्मला पन्त हत्याकाण्ड र मनसुनजन्य विपद् व्यवस्थापनको सम्बन्ध के रु यसमा विषयकेन्द्रित हुनुपर्ला माननीय ज्यू ।’

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर३.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।