मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ४:०० Sunday, November २२, २०२६

कैलालीमा एक वर्षमा ४ लाख ८४ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरुद्ध खोप

विज्ञ केन्द्रका अनुसार जिल्लाका १३ वटै स्थानीय तहमा रहेका गाई, भैँसी, राँगा, बाख्रा, भेडा, बङ्गुर तथा कुकुरलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिएको हो।

शेयर२.३K०

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभर ४ लाख ८४ हजार ४५० पशुचौपायालाई विभिन्न संक्रामक रोगविरुद्ध खोप लगाएको जनाएको छ।

विज्ञ केन्द्रका अनुसार जिल्लाका १३ वटै स्थानीय तहमा रहेका गाई, भैँसी, राँगा, बाख्रा, भेडा, बङ्गुर तथा कुकुरलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिएको हो।

सूचना अधिकारी विजयराम दमाईका अनुसार २ लाख ६८ हजार भेडाबाख्रालाई पिपिआर, १ लाख ५६ हजार ६ सय गाईगोरु तथा भैँसी–राँगालाई खोरेत, ३७ हजार गाईगोरुलाई लम्पी स्किन, २० हजार ८ सय ५० बङ्गुरलाई क्लासिकल स्वाइन फिभर र २ हजार सामुदायिक तथा घरपालुवा कुकुरलाई रेबिजविरुद्ध खोप लगाइएको हो।

खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न जिल्लाभर २५ जना पशु प्राविधिक परिचालन गरिएको केन्द्रले जनाएको छ।

यद्यपि, अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा यस वर्ष खोप लगाइएका पशुचौपायाको संख्या घटेको छ। उक्त वर्ष ६ लाख ९ हजार ९०९ पशुचौपायालाई विभिन्न रोगविरुद्ध खोप लगाइएको थियो।

अघिल्लो वर्ष २ लाख ९३ हजार ६ सय ५० गाईगोरु तथा भैँसी–राँगालाई खोरेत, २ लाख ६७ हजार भेडाबाख्रालाई पिपिआर, ४८ हजार गाईगोरुलाई लम्पी स्किन, २ सय ५० बङ्गुरलाई क्लासिकल स्वाइन फिभर तथा १ हजार ९ सामुदायिक र घरपालुवा कुकुरलाई रेबिजविरुद्ध खोप लगाइएको विज्ञ केन्द्रले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।