कैलालीको जानकी गाउँपालिकामा आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष गणेश चौधरी र प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टबीच कार्यसम्पादन सम्झौता भएको हो। साथै प्रमुख प्रशासकीय अधिकृत भट्ट र गाउँपालिकाका सबै शाखा प्रमुख, इकाई/उपशाखा प्रमुख तथा वडा सचिवहरूबीच पनि वार्षिक कार्यसम्पादन सम्झौता सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने उद्देश्यले कार्यसम्पादन सम्झौता गरिएको जनाएको छ।






अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।