नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ता बस्ने ३५ वर्षीय हरिश चन्द रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार चन्दले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर एक व्यक्तिबाट २ लाख ४० हजार रुपैयाँ ठगी गरेको आरोप छ।
इलाका प्रहरी कार्यालय चिसापानीको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका चन्दमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।