मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:२३ Sunday, November २२, २०२६

प्रहरीको गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु

शेयर७.४K०

रूकुम पश्चिममा प्रहरीको गाडीले ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ ।

बिहीबार बेलुकी पौने ८ बजेतिर मुसिकोट नगरपालिका–८ ताबलेस्थित मध्यपहाडी लोकमार्गमा जिल्ला कारागार कार्यालय रूकुम पश्चिमको बा।प्र। ०३००१ च ३९५६ नम्बरको भ्यानले क।प्र। ०३–००१ प ०७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा आठबिसकोट नगरपालिका–८ स्थायी घर भई हाल मुसिकोट नगरपालिका–१ मठमा बस्दै आएका १८ वर्षीय निवास बोहराको मृत्यु भएको हो ।

मोटरसाइकल चालक गम्भीर घाइते छन्। मोटरसाइकल चालक आठबिसकोट नगरपालिका–१० का २० वर्षीय गणेश शाहीको बाँकेको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले गाडीका चालक मुसिकोट–२ रावतखेतका ५१ वर्षीय टेकबहादुर पुनलाई पक्राउ गरेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर७.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।