अछाममा वन्यजन्तु अवैध सिकार मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन्।
जिल्ला अदालतको १६ चैत २०८२ को फैसलाअनुसार १ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका बान्निगढी जयगढ गाउँपालिका–६ दर्नाका भीमबहादुर साउँदलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
प्रहरी चौकी जयगढबाट खटिएको टोलीले साउँदलाई उनकै घरबाट नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।