मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो २:४९ Sunday, November २२, २०२६

काठमाडौं उपत्यकामा ५२६ रोहिंग्या शरणार्थी

शेयर२K०

काठमाडौं उपत्यकामा ५२६ जना रोहिंग्या शरणार्थी रहेको पाइएको छ ।

भारत हुँदै देशका विभिन्न सीमानाका नेपाल प्रवेश गरेका उनीहरु काठमाडौंको कपन, लसुनटार, राम मन्दिर, र सुनकोठीमा बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

५२६ जना रोहिंग्यामा १६२ पुरुष, १४८ महिला र २१६ बालबालिका रहेको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिए ।

प्रवक्ता काफ्लेले उनीहरुको प्रवेश नियन्त्रणका लागि सीमा क्षेत्रमा प्रहरीलाई हाइअलर्टमा राखिएको जानकारी दिए ।

हालै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले रोहिंग्या शरणार्थी नेपाल प्रवेश गरेको बताएका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।