कैलालीमा शनिबार दुई महिलासहित तीन जना मृत अवस्थामा भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गौरीगंगा नगरपालिका–३ कुचैनीकी ३० वर्षीया सुनिता सार्की, सोही वडाको तल्लो कुचैनीकी २८ वर्षीया पार्वती चौधरी तथा गोदावरी नगरपालिका–३ का प्रकाश विक मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार तीनै जना फरक–फरक स्थानमा मृत अवस्थामा भेटिएका हुन्। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
तीनै जनाको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।